ब्रह्माजीको उपदेश
अध्यात्म

ब्रह्माजीको उपदेश


सूतजीले भन्नुभयो-हे ऋषिहरूहो ! पूर्वकालमा जब पूर्वकल्पको नाश भयो र त्यसपछि फेरि यस कल्पको प्रादुर्भाव भयो, तब छः जना कुलीन मुनिहरूले, सृष्टिको आरम्भ भएपछि. विचार गरे कि 'सब सबभन्दा पर' छ या छैन । यस कुराको निर्णयको लागि तिनीहरू ब्रह्माजी भाठौं गए र ब्रह्माजीले भन्नुभयो कि जो सवभन्दा पहिले उत्पन्न भएको छ, जसमा मनवाणीको कुनै गति छैन तथा जो ब्रह्मा, इन्द्र. रुद्र आदि महाभूतहरू र इन्द्रिय आदिको उत्पत्ति र सारा जगत्को उत्पत्ति गर्नेवाला छ, त्यही नै 'सबभन्दा पर' छ । यस्ता जगदीश्वर सर्वज्ञ महादेवजी नै हुनुहुन्छ । जसका दर्शन भक्तिद्वारा मात्र मिल्दछ । रुद्र आदि देवताहरू पनि उहाँको दर्शनको अभिलाषा राख्दछन् । उहाँको कृपाले भक्तिले मात्र उहाँको प्रसाद प्राप्ति हुन्छ । जसरी बीउबाट अंकुर ( टुसो ) र टुसोबाट बीजको उत्पत्ति हुन्छ ।

यसकारण तपाईंहरू महादेवजीको प्रसन्नताको लागि यौटा दीर्घ ( लामो) सत्र ( यज्ञ ) गर्नुहोस् , जसमा महादेवजीको कृपाले तपाईंहरूलाई साध्य र साधनको ज्ञान हुनेछ । तब मुनिहरूले सोधे-हे भगवान ! यो साध्य र साधन भनेको के हो ? ब्रह्माजीले भन्नुभयो कि साध्य भनेको शिवपद हो र साधन भनेको उनको सेवा गर्नु हो। वेदका विधिले उहाँको आराधना गरेपछि शिवप्राप्ति हुन्छ । जो जस्तो गर्छ, उसलाई उस्तै नै फल मिल्दछ । कानले सुन्नु, वचनले भन्नु तथा मनले मनन गर्नु पनि यौटा महान् साधन हो किनकि ती महेश्वर महादेव एकदम सुन्न, कीर्तन गर्न तथा मनन गर्न योग्य हुनुहुन्छ । यसकारण साध्यसम्म पुग्नका लागि साधनमा जुट्नुपर्छ । गुरुको द्वारा अर्थात् परम्परागत उपायद्वारा नै शिव-योगलाई प्राप्त गर्नुपर्दछ । प्रारम्भमा क्यै कठिनाइ अवश्य हुन्छ, परन्तु पछि एकाएक परमानन्दको प्राप्ति हुन्छ ।


मुनिहरूले ब्रह्माजीलाई सोधे-हे ब्रह्माजी ! श्रवण, मनन र कीर्तन भनेको के हो ? ती कसरी गरिन्छन् ? ब्रह्माजीले भन्नुभयो-हे मुनिहो ! ईश्वरको रूप. गुण, नाम तथा ईश्वरका लीलाहरूले पूजा र जपद्वारा रुचि पैदा गर्नु तथा निरन्तर युक्तिहरूसहित आफ्नो मनलाई उहाको सम्मुख गर्नु 'मनन' कहलाउँछ ।

परब्रह्म महादेवजी अथवा शम्भु भगवानका नामहरूको वारंवार उच्चारण गर्नु या जप गर्नु नै 'कीर्तन' हो तथा दृढतापूर्वक भगवान-सम्बन्धी शब्दहरूलाई कानले सुनिरहनु नै 'श्रवण' हो।  सत्संगमा बसेर महादेवजीका कृपाले श्रवण तथा कीर्तन गरेर अनि उहाको चिन्तन गर्नु नै सर्वोत्तम 'मनन' हो । यसले गर्दा आत्मा पवित्र हुन्छ ।


श्रोत: सम्पूर्ण शिव महापुराण 
" सूतजी पुराणहरुको वक्ता हुनुहुन्छ "