पंचमहाभुत माथि विजय
योग

पंचमहाभुत माथि विजय


स्थूलस्वरूपसूक्ष्मान्वयार्थवत्त्वसंयमाद् भूतजयः ॥ ४४ ॥ अन्वय - स्थूल स्वरूप सूक्ष्म अन्वय अर्थवत्व संयमात् भूतजयः ।


शब्दार्थ-स्थूल = स्थूल (पाँच भूतको), स्वरूप = स्वरूप, सूक्ष्म = सूक्ष्म, अन्वय = अन् अर्थवत्व = अर्थवत्वमा, सयमात् = संयम गयो भने, भूतजयः = पृथ्वी आदि भूत माथि विजय प्राप्ति हुन्छ ।


अर्थ:- पृथ्वी, जल, तेज, वायु र आकाश-यी पाँच महाभूतका स्थूल, स्वरूप, सूक्ष्म, अन्वय र अर्थवत्व पाँच अवस्था हुन्छ। यी पाँच अवस्थामा संयम गरेमा योगीलाई पृथ्वी आदि पाँचै भूत माथि विजय प्राप्त हुन्छ ।


(क) स्थूलावस्था - हामीले हाम्रो इन्द्रियद्वारा जुन रूपमा अनुभव गर्दछौ त्यो स्थूलावस्थाको हो ।


पृथ्वी, जल, तेज, वायु, आकाश यी पञ्चमहाभूत हुन् । यी महाभूतको सूक्ष्म रूपलाई तन्मात्रा भनिन्छ। यी तन्मात्राको परस्पर मिलनबाट स्थूल महाभूत हुन्छ। यी पाँच ज्ञानेन्द्रियद्वारा प्रत्यक्ष अनुभवमा आउने पाँच विषय हुन् – गन्ध, रस, रूप, स्पर्श र शब्द। सम्पूर्ण जगत् यही हो। यी पाँच विषय स्थूल अवस्था हुन् । 


(ख) स्वरूपावस्था - उपर्युक्त पाँच भूतको आफ्नोआफ्नो धर्म हुन्छ, यिनीहरूको जे जे लक्षण छ त्यो यिनीहरूको स्वरूपावस्था हो। जस्तो पृथ्वीको मूर्ति र गन्ध, जलको स्नेह अर्थात् गीलोपन अर्थात् रसरूप, अग्निका उष्णता र प्रकाश, वायुको गति र कम्पन, आकाशको अवकाश । यही यिनीहरूको स्वरूपावस्था हो किनभने यसैबाट यिनीहरूको भिन्न भिन्न सत्ताको अनुभव गर्न सकिन्छ । 


(ग) सूक्ष्मावस्था- यिनीहरूको कारण अवस्थालाई तन्मात्रा र सूक्ष्म महाभूत भनिन्छ यो यिनीहरूको सूक्ष्म अवस्था हो । यसको माथि पनि चर्चा आइसकेको छ । जस्तो पृथ्वीको गन्ध तन्मात्रा, जलको रस तन्मात्रा, अग्निको रूप तन्मात्रा, वायुको स्पर्श तन्मात्रा र आकाशको शब्द तन्मात्रा । 


(घ) अन्वय अवस्था - यी पाँच भूतमा सत्त्व, रजस र तमस् यी तीनै गुणको स्वभाव प्रकाश, क्रिया र स्थिति भएको हुन्छ । अर्थात् यी धर्मले (प्रकाश, क्रिया र स्थिति) पाँचै भूतमा अन्वयी भावले मिलेर बसेको हुन्छ । यो यिनीहरूको अन्वयी अवस्था हो ।


(ङ) अर्थवत्त्व अवस्था - यी पाँचै भूत पुरुषको भोग र अपवर्गका लागि हुन् ।

अर्थवत्त्व (प्रयोजन) अवस्था हो । यसरी यी पाँच भूतका धर्म, लक्षण र अवस्था भेदले पच्चीस रूप हुन्छन् । यी पच्ची क्रमपूर्वक साक्षात् पर्यन्त संयम गयो भने पाँचै भूतको सम्यक् ज्ञान हुन्छ त्यसपछि योगीको यी भतहरू पूरा अधिकार हुन्छ । यो वैज्ञानिकहरूका लागि सारगर्भित सूत्र छ भनेको पाइन्छ । एक न एक दिन विज्ञानलेवा अन्तर्निहित अर्थ निकाल्ने छन् । विज्ञान यो दिशातिर अगाडि बढेको छ । यो सूत्रमा वर्णन गरि 'पञ्च महाभूत' - पृथ्वी, जल, तेज, वायु, आकाश - यिनीहरू शून्यबाट प्रकट भएका हुन् र पछि शून्यमा नै विलीन हुन्छन् । हेरेर ल्याएको खण्डमा सबै चीज शून्यबाट नै प्रकट भएका छन् र कालकार पछि शून्यमा नै विलीन हुन पुगेका छन् ।  खास गरेर भौतिक शास्त्रीहरू यो कुरामा सहमत भएको पाइन्छ कि वस्तु शून्यबाट आएको हो । जति गहिरिएर वस्तुको अध्ययन गर्दै गएका छन् त्यति नै वस्तु केही नभएको उनीहरूले अनुभव गरेको पाइन्छ र आखिर 'हात लाग्यो' शून्यमा पुगेका छन् । केही पनि शेष छैन, खालि शून्य, खालि आकाश त्यही आकाश नै सबै कुराको जननी हो भन्ने कुरा उनीहरूलाई लाग्दै आएको छ। यसो हेर्दा अतार्किक कुरा हो भन्नुपर्छ तर जीवन अतार्किक नै छ। आधुनिक विज्ञान अतार्किक हुन पुगेको जस्तो देखिन्छ किनभने तर्कमा मात्र अडिग भएर हिँडेमा हामीलाई वास्तविकतामा पुग्न निक अप्ठ्यारो पर्न जाने हो कि भनेजस्तो लागिसकेको छ। वास्तविकतामा नै पुग्ने हो भने तर्कको स्थान सुरक्षित छ भनेर भन्ने ठाउँ छैन। तर्क र वास्तविकतामा रोज, छाड गर्ने हो भने तर्कको स्थान कहाँ छ र ! तर्कलाई नछाडी सुखै छैन ।


पचास वर्ष अगाडि भौतिकशास्त्रका वैज्ञानिकहरूले परमाणुको स्थायित्व र अरू घटनाको कारण बताउँदा विद्युत्कणको गति बडो विचित्र ढङ्गको हुन्छ भनेका थिए । उनीहरूको भनाइ थियो कहिले यो तरङ्ग जस्तो हुन्छ र कहिले कण जस्तो । वास्तवमा सँगसँगै एउटै कुरा दुई थरीको हुँदै बिन्दु र तरङ्ग । एउटा कुरा कि बिन्दु हुन्छ कि रेखा हुन्छ - दुइटै कुरा एकैपल्ट असम्भव ।


केही कुराबाट मात्र केही कुरा आउँछ यस्तो विश्वास पचास वर्षसम्म बसी नै रह्यो । शून्यबाट केही कुरा कसरी निक्लन्छ ? केही कुरा छ भन्ने कुरा छुट्यो तर अब भौतिकशास्त्रीहरूलाई अब यो निष्कर्षमा पुग्नु परेको छ - "Everything is born out of nothing and everything again disappears nothing. Now they are falling about black holes. Black holes are holes of tremendous nothing ness." (Tremendous Nothingness feta ficha 4 Nothingness) केहीको अभाव हो भन्ने होइन । यसमा पूरा शक्ति छ तर त्यो शक्ति के हा । कहा पनि पत्ता लाग्न सकेको छैन तर शक्ति (Energy) छ .... इत्यादि इत्यादि ।

महर्षिको भनाइ हो पृथ्वी, जल, तेज, वायु, आकाश यी वस्तुमा पूरा मात्रामा संयम भय तिमीले यसलाई देखाउन पनि सक्छौ लुकाउन पनि सक्छौ । तिमीले वस्तुलाई शारीरिक रूपमा सक्छौ त्यसलाई विलीन पनि गराउन सक्छौ । यी भूतजयको सिद्धि पूज्यपाद परमहंस श्रीविशुद्धानन्दजी महाराज (गन्ध बाबा) को जीवनमा देखिएको थियो भन्ने कुरा श्रीस्वामी ओमानन्द तीर्थले लेख्नुभएको देखिन्छ । । यस प्रकार योगीले महाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) माथि विजय प्राप्त गर्न सक्छन ।