खेचरी मुद्रा : हिन्दु बौद्ध
योग

खेचरी मुद्रा : हिन्दु बौद्ध


खेचरी अर्थात ख- आकाश, चरी - चर्नु अथवा विचरण गर्नु, यो खेचरी मुद्रा साधना हिन्दु बौद्ध दुबैले गर्छ, बिशेश गरि हिन्दु भित्र नाथ सम्प्रदायले खेचरी मुद्रा साधना गर्छ भने बौद्ध भित्र चौरासी सिद्ध महायोगी हरुले यो खेचरी हठ योग गर्ने गर्दछ, हिन्दु बौद्ध दुबैले महाकालको अनुष्ठानमा खेचरी मुद्राको हठ योग साधना गर्नुपर्ने हुन्छ, हाम्रो लामाहरुले "चे यरकेन धाङ मारगेन रेग्पा धाङ" भन्छ, बिशेश गरि गुफा बस्दा यो हठ योग बज्रसान वा पद्मासनमा बसेर आफ्नो जिब्रोलाई उल्टो तर्फ फर्काउदै आकाश तर्फ फर्केर नाकको भित्री प्वाल थुनेर गरिन्छ, यो साधना गर्दा गुरुको रेखदेखमा गर्नुपर्ने हुन्छ, यो खेचरी साधनाले शरीरलाई भुवा जस्तो हावामा तैरिन सक्ने हलुका बनाउने गरिन्छ, महायोगी नारोपा एकै दिनमा पशुपतिनाथ बाट कैलाश पर्वत पुग्ने गर्थे भन्ने किवदन्ती पाइन्छ त्यस्तै योगी नरहरिनाथ दुई दिनमा गोर्खा बाट जुम्ला पुगेको कुरा अहिले पनि उहाँको समकालीन ब्यक्तिहरु सुनाउने गर्छ, यो खेचरी मुद्रा साधना गर्ने नाथ परम्पराको योगीहरु अब दुर्लभ जस्तैः भैसकेको छ भने पनि हुन्छ, बौद्धमा पनि अब मुद्रा अभ्यास गर्ने भन्दा पनि सिद्धान्त घोकन्ते तर्फ बढी लम्किएको देखिन्छ किनकि यो सजिलो संग हुने कुरा भयो आजको भौतिक सुख सयल छोडेर एकान्त निर्जन ओढारमा बसेर एक्लै हठ योग कसले गर्नु र होइन र ?


जय सनातन !!


हामी ॐकार परिवार।


श्रोत: मोहन लामा गुरुको फेसबुकबाट लिइएको