आज खण्डग्रास सूर्यग्रहण
समसामयिक

आज खण्डग्रास सूर्यग्रहण


आज पौषकृष्णमावास्या पौष १० गते लाग्ने सूर्य ग्रहण ५-६ हजार वर्ष यताको खगोलीय घटना हो । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ, धनुराशीमा हुने सवै ग्रहहरुमा ग्रहण देखिन्छ  । नेपालमा अहिले बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ । बिहान ११ः३१ मा गहण सकिने छ । 

सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । 


खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देख्न सकिन्छ । 


ग्रहणलाई खुला आँखाले भने हेर्न नहुने खगाेलविद् तथा ज्याेतिषशास्त्रीहरुले सुझाएका छन् । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ । 

सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ