सगरमाथालाई नै जितिसके
सागर, समुन्द्र सबै नापिसके
पृथ्वी, ग्रह र तारा सबै जोखिसके
धर्ती पाताल र अन्तरीक्ष
सबै सबै जानिसके !
टाढा भन्ने रहेन केहि
असम्भव भन्ने नै भएन केहि
छिटोमा झनै छिटो
सहजमा झनै सहज
महायन्त्र सब बनाईसके
जितको यो रफ्तारमा,
आविश्कारको यो होडबाजिमा,
सम्पन्न र समृद्द बन्ने बहानामा
यो स्वार्थी र धुर्त मानवले
के मात्र गरेन र !
जङल झाडी सबै पोलिसके
चरिको गुडहरु भात्काइसके
बाघ अनि मृगको घरहरु फाडिसके
व्हेल अनि डल्फिन सारा भान्छा मै पकाइसके
सायद प्रकृतिले पनि सुनिन होला !
जङलहरु बाट निस्कने चित्कार,
प्रदुषित र दुर्गन्दित नदिको रोदन,
र धर्तिको कुरुप अनुहारले भन्यो होला,
हामिले पनि केहि आराम पाउछौ कि ?
त्यो कारुणिक वेदनाहरुमा
मानवको अपराध छर्लङ हुँदैछ
ती डढेका जङलहरुले
मानवलाई नै गिज्याइरहेछ
र प्रदुशित नदी र तालहरुले
मानव स्वयमलाई नै मार्ने पक्का छ,
अली समय हेरौ, थोरै समय पर्खीऔ
प्रकृति कहिले रिसाउला ?
धर्ती माताले पक्कै सुनेको हुनुपर्छ
मान्छेलाई सबक सिकाएकै हुनुपर्छ
जे पनि खाने र जे पनि लगाउने,
जे पनि गर्ने र जस्लाई पनि मार्ने,
धुर्त मानिषलाई पाठ पढाउन कोरोना पठाएको हुनुपर्छ
तेसैले धन्यवाद कोरोना तिमीलाई