कविता: दुई  तिहाइको सरकारलाई हेप्नी   ?
साहित्य / कला

कविता: दुई तिहाइको सरकारलाई हेप्नी ?


मैले तिरेको करले ऊ मुटु जचाउन सिंगापुर धाउछ 

ऊ भने मलाई मुटु नै नभएको भन्छ,

उस्ले कयौ पटक मिर्गौलाको पानी नै फेरिसक्यो

तर मैले पिउने पानी लिन दिनभरी पहाड छिचोल्नु पर्छ 

म केहि गुनासो पोखे जस्तो गर्छु, यो त भएन नि सरकार !

ऊ माथी आशनबाट घुर्की लगाएर  भन्छ, 

दुइ तिहाइको सरकारलाई हेप्नी ?

- - - - - - - - - - - -

मलाई जवर्जस्ती जनता बनाएर गर्नु सम्म गर्‍यो

मेरो जवानी बिदेशिलाई पटक पटक सुम्पियो 

निर्मलाहरुलाई कुबेत अनि साउदीमा लगेर बेच्यो 

गोविन्द गौतमहरुलाई सिमाना मै बली चडायो 

म केहि गुनासो पोखे जस्तो गर्छु, यो त भएन नि सरकार !

ऊ माथी आशनबाट घुर्की लगाएर  भन्छ, 

दुइ तिहाइको सरकारलाई हेप्नी ?

- - - - - - - - - - - 

मलाई त किन-किन यो सरकार, सरकारजस्तो नै लाग्दैन्

यहाँ कोही शाषक छ जस्तो पनि लाग्दैन्

राजनैतिक दल नै दल जस्तो लाग्दैन्

मलाई अक्सर मन्त्रीहरु नै मन्त्री जस्तो लाग्दैन

म केहि गुनासो पोखे जस्तो गर्छु, यो त भएन नि सरकार !

ऊ माथी आशनबाट घुर्की लगाएर  भन्छ, 

दुइ तिहाइको सरकारलाई हेप्नी ?

-  - - - - - - - - - - 

म नेता लाई भोट हाल्छु भन्छु, उ माफिया लाई चुनावमा लडाउछ, 

म गुण्डा लाई नमस्कार गर्दिन भन्छु, उसैलाई मेरो मालिक बनाउछ  

म देशद्रोहीलाई मान्दिन भन्छु, उसैलाई मन्त्री बनाउछ 

मैले हत्यारा र बलत्कारीलाई  कसरी  शाषक मान्नु 

म केहि गुनासो पोखे जस्तो गर्छु, यो त भएन नि सरकार  !

ऊ माथी आशनबाट घुर्की लगाएर  भन्छ, 

दुइ तिहाइको सरकारलाई हेप्नी ? 

- - - - - - - - - - -

मेरो नैतिकता ले काम गर्छ जस्तो लाग्छ 

गल्ती लाई गल्ती भन्न सक्छु जस्तो लाग्छ

न म देश बेचेको नै हेरेर बस्न सक्छु

मलाई मान्छे मारेको कत्ती मन पर्दैन्

मलाई ढाटेको र छलेको झानै मन पर्दैन

त्यही भएर म उस्को छौडा र अरिङगाल हुन सकिन 

म केहि गुनासो पोखे जस्तो गर्छु, यो त भएन नि सरकार  !

ऊ माथी आशनबाट घुर्की लगाएर  भन्छ, 

दुइ तिहाइको सरकारलाई हेप्नी ?