उत्तम सन्तान प्राप्तीको शास्त्रिय तथा धार्मिक विधान
जिज्ञाशा

उत्तम सन्तान प्राप्तीको शास्त्रिय तथा धार्मिक विधान


हाम्रो वैदिक समाजमा विवाह तथा सन्तान प्राप्तको नमित्त केहि शास्त्रगत विधानहरु रहेका छन । हाम्रा पुर्वजहरुले हजारौ वर्षदेखी मान्दै आएका त्यस्ता विधि विधानहरु अत्यन्त वैज्ञानिक समेत रहेका छन । आफ्नो इच्छा अनुसारको सन्तान प्राप्तीको विधान केवल वैदिक परम्परामा मात्र छ । यसका साथसाथै विवाह कसरी गर्ने, गर्वाधानको विधान र अवान्छित सम्भोग र विवाहबाट पर्ने सामाजिक, जातिगत र मौलिकतामा पर्ने हानिको बारेमा समेत अत्यन्त सरल भाषामा वर्णन गरिएको छ ।


इच्छा अनुसार सन्तान प्राप्ती

जो स्त्री चाहन्छिन कि मेरो पति समान गुणवाला या धु्रुव जस्तो भक्त या अभिमन्यु जस्तो वीर या कर्ण जस्तो दानी पुत्र होस । यसका लागी ऋतुकालको चौथो दिन स्नान अदि गरेर पवित्र भई आफ्नो पतिको नै प्रथम दर्शन गर्नुपर्दछ, ध्रुव आदिको चित्रको दर्शन गर्नु या मन नै पूर्ण सात्विक भावनाले चिन्तन गर्नु तथा यसै प्रकारको भावमा भावित भएर पतिबाट गर्वाधान गर्नु । पति पनि उसै प्रकारको भावबाट भावित हुनुपर्दछ । यसो गर्नाले इच्छाअनुसार गुणवान पुत्र वा पुत्रीको प्राप्त हुन सक्दछ । पिता माताले जस्तो इच्छाको कल्पना गर्दछ उस्तै प्रकारको सन्तान पैदा हुन सक्दछ । 


ऋतुकालमा स्त्रीको चित्त क्यामराको चित्रग्राही (लेन्स) को पर्दा जस्तो हुन्छ, उक्त समय स्त्रीको मष्तिस्कमा जस्तो छाप पर्दछ उसै अनुसारको (आकृती र भाव भएको) सन्तान प्राप्त हुन्छ । 

सुश्रुतसंहितामा स्पष्ट भनिएको छ । 


पूर्व पश्येदृतुस्नाता यादृशं नरमंङगना ।। 

तादृशं जनयेत् पुत्रं भर्तारं दर्शयेदतः ।।


ऋतुस्नान पश्चात स्त्री जस्तो प्रकारको पुरुषको दर्शन गर्दछिन, उसै  लक्षणको पुत्र उत्पन्न  हुन्छ । अतः सर्वप्रथम पतिको नै दर्शन गर्नुपर्दछ । सन्तानमा त्यस्तै प्रकारको गुण स्थापना हुने गर्दछ । यसकारण महिलाले गर्वाधानको पहिले देखी नौ महिनासम्म मनमा सकारात्मक विचारको प्रवाह गर्नुपर्दछ । असल सोच विचार, गुणवान महापुरुषको कल्पना, भगावानको ध्यान आदि गरेमा जन्म हुन बच्चामा सोहि प्रकारको गुणको विकास हुन्छ । सन्तानको उत्पन्न पश्चात पनि माता पिताले असल ज्ञान प्रदान गर्नुपर्दछ । यसकारण स्त्रीले पुरुष दुवैले गर्वाधानको समयदेखी नै असल विचार गर्नुपर्दछ । बच्चा माताको गर्भमा नौ महिना सम्म रहेको समयमा माताले कदापी मनमा चिन्ता, भय, रोग र शोकको भावाना आउनु हुदैन केवल असल विचार को कल्पना, भगवानको ध्यान, आधात्मिक ज्ञानको श्रवण को आवश्यक छ । 


रजस्वलावस्थामा अकरणीय कार्य 

सुश्रुत शारीरस्थान २।२५ मा भनिएको छ , 

रजस्वलाको समयमा स्त्री यदि दिनमा सुत्छिन या सोहि ऋतुकालमा गभ रहन्छ भने भावी शिशु अति सुत्नेवाला उत्पन्न हुनेछ । काजल लगायमा अन्धो, रोएमा विकृत दृष्टि, स्नान गर्नाले शरीर पीडावाला, तेल लगाएमा कुष्ठि, नड काटेमा खुन बग्ने, दौडेमा चंचल, हासेमा कालो दाँत, कालो ओठ तथा विकृत अर्थात तालुवाला, धेरै बोलेमा बकवादी, धेरै सुनेमा बहिरो, काधमा बल लागेमा कमजोर, अधिक वायु सेवनबाट तथा परिश्रम गरेमा पागल शिशु उत्पन्न हुन्छ । यसकारण रजस्वलाको समयमा स्त्रीले यस्ता कार्य गर्नु वर्जित गरिएको छ । यसकारण इच्छित सन्तानको चाहना गर्नेले गर्भाधान संस्कारका नियमहरुको पालना अवश्य गर्नु पर्दछ । 


गर्वाधानको निमित्त उपयुक्त जोडी 

माताको पाँच तथा पिताको सात पिढि (हाड नाता) छोडर असगोत्रवाला (भिन्न गोत्र) आफ्नो जातिको कन्या वा पुरुषसंग विवाह गर्नुपर्दछ । यसका साथसाथै शास्त्रमर्यादा अनुसार गर्भादान गर्नु पर्दछ । अन्यथा वर्णसंकर सन्तान उत्पन्न हुन्छ, जो आफ्नो समाजको अहित गर्नेछ, साथै कुलको समेत नाश गराउने छ । माताको पाँच तथा पिताको सात पीढिमा रक्तको अति समान जातीयता हुने गर्दछ । अति समानजातीय पदार्थमा परस्पर मिलेमा विकास हुदैन । जसरी पानीमा पानी या दूधमा दूध मिलायमा केहि नया विकास हुदैन । यही कारण नै पशु पक्षिंमा केहि विकास हुदैन,जो अनादिकालदेखि नै समान रहदै आएको छ । अति विजातीय पदार्थको परस्पर मिलाउनाले विनाश या विकृत विकास हुन्छ । जसरी दूधमा कागँतीको रस मिलाएमा दूध फाटदछ । घोडा र गधाको एक आपसमा गर्वाधान गराउनाले खच्चर उत्पन्न हुन्छ जुन गधा र घोडा भन्दा अधिक बलवान भएर पनि स्ववंश संचालक गर्न सक्दैन । कलमी गरिएको फल जस्तै आप अधिक स्वादिष्ट तथा ठुलो आकारको भएर पनि स्वास्थ्यको लागी अधिक हितकर मानिदैन साथै कलमी गरिएको आपको बीजबाट कलमी आपको पैदा गराउन सकिदैन । किंचित समान जातिको समान जातीको साथ मिलाएमा विकास हुन्छ । 


यसरी पदार्थ मिश्रण विज्ञानको आधार अनुसार हाम्रा ऋषिहरुले अति समान जाति सहित माताको पाँच तथा पिताको सात पीढिको छोडेर विवाह गर्नुपर्ने विधान बताएका छन । तथा अति विजातीय अन्य वर्ण तथा जातिको स्त्री पुरुषको साथ विवाह गर्नमा निषेध गरिएको छ । 

सरल भाषामा भन्नुपर्दा कुनै पनि जात जस्तै ब्राम्हण, क्षेत्री, वैश्य तथा सुद्र एक आपसमा सानो ठुलो अवश्य हुदैन तथापी भिन्न भौगोलीक अवस्थिती, शारिरिक बनावट आदिका कारण विजातिय विवाहबाट वर्णसंकरको उत्पन्न हुने गर्दछ जो गधा र खच्चरको समागमबाट खच्चरको उत्पपन हुन्छ । यस्ता वर्णसंकरहरु केहि पिढीसम्म बलवान र आर्कषक जस्तो देखिएमा कालान्तरमा सन्तान उत्पादन तथा सृष्टिको संचालनमा असमर्थ हुनेछन । क्षेत्री तवसम्म श्रेष्ठ रहन्छ जवसम्म उ शुद्ध क्षेत्री रहन्छ त्यस्तै वैश्य, सुद्र र ब्राम्हण आदिमा पनि यहि नियम लागु हुन्छ  । अधिकाशंलाई यो विषय त्यती रुचिकर नलाग्न पनि सक्छ तर वैज्ञानिक आधार हरु हेर्ने हो भने यसमा अत्यन्त गहिरो सत्यता रहेको पाउन सकिन्छ । 


शदियौ देखी हाम्रा पुर्वजले हाड नाता विवाहलाई वर्जित गर्दै आएका छन भने विजातिय विवाहलाई समेत मान्यता दिएका छैन । यसैको फलस्वरुप नेपाल र भारत जो यस विधानलाई मान्दछन, यहाँबाट कुनै प्रकारको रोग, भाईरस र क्यान्सर आदिको विकास भएन । जसको विकराल अवस्था युरोप र अमेरिकाहरुमा देख्न थालिएको छ । केहि हदसम्म उता पनि हाड नाता विवाहलाई सामाजिक रुपमा वर्जित गरिदै आएको भयता पनि पछिल्लो समय यसमा त्यति ध्यान नदिनाले अवान्छित सम्भोग र विवाहको कारण कैयन नया नया रोगका साथ साथै मानव समुदायलाई नै संकट पैदा गर्ने खालको समस्याहरु उत्पन्न भएका छन ।