कलियुग अर्थात कालो युग । हरेक क्षेत्रमा कालोपन । मानिसहरु सबैको मनमा असन्तोस, छद्मभेष, दुराचारी, मानसिक रुपमा दुखि हुने र अनैतिकता हावि हुने युग । यस युगमा धार्मिकता केवल एक चौथाई मात्र रहन्छ । समाजको हरेक क्षेत्रमा अधर्मीपन कायम हुन्छ ।
कलियुगको सुरुवात ५१२० वर्ष पहिले भएको मानिन्छ । अहिले कलियुगको प्रथम चरण चलिरहेको छ । श्रीमद्भागवतपुराण र भविष्यपुराणमा कलियुगको बारेमा विस्तृत वर्णन पाईन्छ । कलियुगको अन्तिम समयमा भगवानको कल्कि अवतारका रुपमा जन्म हुन्छ र यो युगको अन्त भएर फेरी सत्य युगको जन्म हुन्छ ।
कलियुगमा मानिसको आयु सय वर्ष तोकिएको छ । तर विस्तारै घटदै गएर मानिसको औसत आयु २० वर्षमा सिमित हुनेछ । महिलाहरु ५ वर्षकै उमेरमा गर्वभती हुन थाल्नेछन । यौवन उमेर हराउछ, १६ वर्षकै उमेरमा मानिसहरु वृद्ध हुन्छन । मानिसहरुको शारिरिक स्वरुपमा पनि धेरै परिवर्तन आउछ । शरिर एकदम पुड्को हुदै जान्छ । मानिस जस्तै प्राणिहरुको शारिमा पनि ह्रास आउछ । जनावर र पशुपछिंहरु मानिसजस्तै रोगग्रस्त हुन्छन भने शरिरको आकार अत्यनत सानो हुदै जान्छ । गाई माता पनि बाख्रा जस्तो सानो आकारमा परिणत हुन्छिन र दुध दिन बन्द गर्छिन ।
जव जव घोर कलियुग आउदै गर्छ तव तव धर्मको नाश हुदै जान्छ । समाजमा नैतिकता पुर्ण रुपले विलिन हुदै जानछ । श्रीमद्भागवत गितामा बताइएको छ, कलियुगमा मानिसहरुको क्षमा, दया, करुण र प्रेम जस्ता कुराहरु हराउदै जान्छ । जहाँतहि मुर्ख र व्यवभिचारी मानिसहरु पैदा हुन्छन । संसारमा यस्तो दशा हुन्छ कि अन्नको उब्जनी पुर्ण रुपले बन्द हुन्छ । उब्जाउ जमिन नै बाकि रहदैन । रुख तथा बोट विरुवामा फल नै लाग्दैन । विस्तारै यो सबै कुराहरु लोप हुदै जान्छ ।
वातावरणको हरेक तत्वहरु पुर्ण रुपले प्रदुषित र हानिकारक हुनेछ । जल, थल, वायु, आकास, लगायत सबै प्रदुषित हुनेछ । कोहि जिवित प्राणि रहन सक्दैनन ।
मानिसहरु अत्यन्त कठोर स्वभावका हुदै जानेछन । पिताले पुत्र र पुत्रले आफ्नो पिता प्रतीको धर्म भुल्दछन । मानिसहरु जसको साथमा धन हुन्छ, उसंग मात्र साथ संगत गर्नेछन । मानिसहरुको स्वभाव गधाको जस्तो हुनेछ । पति व्रत तथा पत्निव्रत धर्म काल्पनिक हुनेछ । जनावरहरुले झै मानिसहरु जो संग पनि सम्भोग गर्नेछन । योन व्यभिचारी बढेर जानेछ । अन्तिम समयमा मानिसहरुमा सन्तान उत्पादन गर्ने क्षमता पनि नाश हुनेछ । महिलाहरुमा बाझोपन बढनेछ । हरेक क्षेत्रमा नयाँ सृजनाको बन्द हुन्छ । मानिसहरुमा भगवानप्रतीको भक्तिभाव शुन्य हुदै गएर सबै नास्तिक र बिधर्मी बन्दै जान्छन, यसैको परिणाम धोका, र बोइमानी भन्ने कुरा सामाजिक चरित्र नै बन्नेछ । मानिसहरु एकले अर्कोलाई लुट्न उद्धत हुनेछन ।
समाज अत्यन्त हिस्रंक बन्नेछ । मानवता भन्ने कुरा नष्ट हुनेछ । जो बलवान र फटाह छ, उसैको राज हुनेछ । सारा जगत म्लेच्छ हुनेछ, बिधर्मी र नास्तिक । शास्त्रबाट विमुख रहेर मानिसहरु कर्म गर्नेछन । अनैतिक साहित्य रुचिकर मानिन्छ । खराब शब्द र खराब व्यवहार मानिसहरुलाई रुची लाग्दछ । स्त्री पुरुष दुबै अधर्मी हुनेछन । स्त्री र पुरुष सम्बन्धी सबै वैदिक धर्म विलुप्त हुदै जानेछ । आमा, दिदी, बहिनी भाउजु, मामा, माइजु, दाजुभाई भन्ने शब्दहरु लोप हुनेछ । केवल महिला र पुरुष मात्र शब्द बाकि रहन्छ । यस्तै तर्कहरु बढदै जादा आफ्नै कुल र रगत नाताका सम्बन्धीहरुविच पनि सम्भोग हुन थाल्नेछ । सामाजिक सुशाशन र मर्यादा खत्तम हुनेछ । कलियुगमा विवाहलाई धर्म मानिदैन, त्यसैले अवैदिक विवाह बढनेछ । जसको फलस्वरुप अत्याधिक सम्बन्ध विच्छेद हुनेछ । कसैले पनि आफ्नो कर्तव्य धर्म बुझेर कार्य गर्दैनन । दान धर्म र सहयोग लोप हुनेछ । गुरु तथा मान्यजन भन्ने विषय पनि रहदैन । शिष्यले गुरुको अपमान गर्दछन । शिक्षा पुर्ण रुपले व्यवशायिक हुनेछ । गुरुकुलिय पद्धती नष्ट हुने हुदा गुरु अथार्त शिक्षक सबै पैसामा किनिने प्रकारको हुनेछ ।
कलियुगको अन्तिम समय
हर समय प्राकृतीक प्रकोपको भय रहन्छ । अत्याधिक वर्षा, अत्याधिक खडेरी र हिमपातको अवस्था कायम हुन्छ । नदिहरु सुक्नेछन । समय कालक्रम अनुसार हिमालमा हिउ खत्तम हुनेछ । सबै खण्डहरु हुनेछ । धर्तिमा बढिरहेको गर्मीका कारण यस्तो हुनेछ ।
पृथ्वीमा सुर्यको प्रभाव यसरी पर्दछ कि सबै पानी जल्नेछ, पृथ्वीमा भएका हरेक कुराहरु जलेर नष्ट हुनेछ । अन्तिममा १२ वर्षसम्म मोटो धारा सहित चारैतिर वर्षा हुनेछ । पृथ्वीमा पानी नै पानि हुनेछ । समस्त पृथ्वीमा केवल जलमात्र हुनेछ । पुन जलबाट सृष्टीको सुरुवात हुनेछ ।
अर्कोभागमा कलियुगको शास्त्रिय तथा वैज्ञानिक आधार