के हो स्वर्ग र नरक ?
जिज्ञाशा

के हो स्वर्ग र नरक ?


रिविधं नरकस्येदं द्धारं नाशनमात्मनः । 
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयंत्यजेत् ।।
(गीता १६ २१)
अज्ञानता वा विवेकहीन अवस्था नै नरक हो । नरकका तीन द्धार छन् । ती हुन् काम क्रोध र लोभको वसमा परेर नै नरक अवस्था प्राप्त हुन्छ र आत्माको नाश हुन्छ अर्थात आत्मज्ञान ढाकिएर जीवात्माको अधोगति हुन्छ र नीच योनिमा जन्म लिनु पर्छ । अत एव यी तीन वृत्तिहरु मनुष्यले त्याग्नु पदर्छ । 

जुन मनुष्यले सबै वस्तुमा ईशका (ईश्वरको) उपस्थिति छ भन्ने अभ्यासगत चेतना प्राप्त गरेको छैन उसका लागि सबै क्षणिक प्रपञ्च वाच्छनीय हुन्छन । आध्यात्मिक चिन्तनको यस अधुरो अवस्थामा कर्मयोगी अरुको धन सम्पदाप्रति हुने लोभ र कामनाबाट बच्न सक्दैन । अतः यसबाट बच्न उसले निःस्वार्थ कर्म र त्यसप्रति मनको अभ्यासको परम आनन्दलाई अधिकाधिक चरितार्थ गर्नु पर्दछ । 

केहि  मनुष्यहरु निःस्वार्थता, आत्माको त्याग एक कष्टकर कर्तव्य र एक आत्मपीडन हो भन्ने धारणा राख्दछन । त्यस्ता मानिसहरुको स्वभावमा शरीर र प्रााणी आवेगको आधिपत्य हुन्छ । उनिहरु परहितलाई एक कर्तव्य, बाहिरबाट आरोपित कानून, आचारसंहिता तथा अनुुशासनको मानक मान्दछन । परन्तु निःस्वार्थता प्रकृतिदेखि बाहिरको कुनै चीज हैन । त्यो नकारात्मक नभएर सकारात्मक चीज हैन । त्यो नकारात्मक नभएर सकारात्मक चीज हो । त्यो आत्मपीडन र आत्मत्याग नभएर आत्मवृद्धि र आत्मापरिपूर्ति हो । त्यो कर्तव्यको नियम नभएर आत्मविकासको नियम हो, जुन कष्टकर नभएर सुखप्रद हुन्छ । त्यो प्रकृतिको भित्र छ परन्तु प्रच्छन्न छ । त्यसलाई भित्रैबाट विकसित गर्नु पर्छ । 

जुन मनुष्यहरु यी कुराहरुलाई बुझ्न सक्दैनन र विषयवासनाको वशीभुत भएर सुख र सौन्दर्यमा भुलिरहन्छन् त्यस्ताका लागि यीनै मृत्युका कारण पनि बन्दछन । जस्तो वत्तीको उज्यालोबाट पुतली आकृष्ट हुन्छ, त्यसैमा परेर मर्दछ रसन्द्रियको कारणबाट माछो बल्छीमा पर्दछ, कर्णेद्रियको आनन्दले मृग शिकारीको निशाना बन्दछ । यी सांसारिक विषयवस्तु सबै मृगमरीचिका हुन् । यस संसारमा आउँदा हामीले के लिएर आएका थियौँ र यो संसार छोडेर आँदा के के लिएर आँदैछौँ भन्ने कुरा राम्ररी सोच्नु पर्दछ । इश्वरप्रदत्त यस मानव शरीरलाई प्राप्त गरेर पनि यदि मनुष्यले कामना, स्वार्थ एवं अभिमानको वशीभूत भएर परधन प्रति लालसा राख्दछ, त्यसका लागि झुट, कपट, चोरी डकैती, विश्वासघात, हिंसा हत्या आदि कुकर्म गर्छ भने त्यो अवश्य पनि मृत्युपछि नीच तथा आसुरी योनिहरुमा जन्म लिन पुग्दछ र उसले प्रत्येक जन्ममा नारकीय यातना भोग्नु पर्दछ । 

धनसम्पत्ति सबै अस्थिर र चञ्चल छन् । आज हामी जुन जुन चीजलाई आफ्नो भन्ने ठानेका छौँ त्यो पहिले अर्कैको थियो र पछि पनि अर्कैको हुनेछ । अतः जीवनको यथार्थ तत्वलाई बुझेर लोभरहित भएर ईश्वरप्रदत्त त्यागपूर्वक भोग गर्नु नै यस मन्त्रको सन्देश हो, उपदेश हो । यस मन्त्रमा ईश शब्दले सर्वनियन्ता परमात्मा, जगत शब्दले यो चराचर विश्व र भुञ्जीथा शब्दले भोक्ता जीवको वर्णन गरेर तीन अनादि पदार्थका भेदको प्रतिपादन गरिएको छ । 
श्रोतः ईशोपनिषद् बाबुहरि ज्ञवली