लसुन, प्याज र हामी सनातनी 

जिज्ञाशा

लसुन, प्याज र हामी सनातनी 



धेरैमा यो भ्रम छ की लसुन प्याज आदि सिर्फ हिन्दुको ब्राह्मणले मात्र बारना गर्छ होला भन्ने धेरैलाई परेको देखिन्छ, तर खासमा त्यस्तो होइन हामी सबै सनातनी हरुको बिचमा धेरै कुराहरुमा समानता भए जस्तै हामीले भोजनमा प्रयोगमा आउने लसुन र प्याज आदि बारेमा पनि उहि परम्परागत अवधारणा बिश्वास मान्यता एउटै रहेकोे हुन्छ फरक केहि छैन।



फरक मात्रै यति हो की हामी मतुवाली हरुमा यजमानले प्रायः लसुन प्याज बार्ने गर्दैन तर पुजा गर्ने बोम्पो(झाँक्री) लाबोन(कुलायन पुजा गर्ने) लामा, देखि थारुको पुजारी गुराउ, किराँतको धर्म गुरु माङ्सेवा सावा हरुले पुजा गर्नु पर्दा लसुन प्याज खादैनन, यता बौद्ध गुरु लामाहरुले बिशेश गरि डोल्मोको (देवी) को पुजामा पुजा गर्ने जजमान लाई पनि एक दिन अगाडि देखिन लसुन प्याज खान दिदैन। हाम्रो बोम्पो(झाँक्री) लाबोन, हरु जो शिलमा बस्नेहरूले त लसुन प्याज नै कहिल्यै खाने गर्दैन यदी खाएछ भने त्यो दिन कुनै झारफुक गर्दैन, किनकि लसुन प्याज खाएर गरेको मन्त्रले कुनै काम गर्दैन भन्ने धारणा छ।



तामासिक भोजनमा पर्ने लसुन र प्याजको बारेमा हिन्दु र बौद्धको एउटै कथा छ, बौद्ध शास्त्र विनय पिटकको तिब्बती शास्त्र कङ्ग्युरमा उल्लेख भए अनुसार समुन्द्र मन्थन गरेर अमृत निकाल्ने बेला देव र दानवको बिचमा युद्ध भयो उक्त युद्धमा बिष्णु भगवानले आफ्नो सुदर्शन चक्रले दानवको राजा राहु भन्नेको घाँटी काटेको र त्यसको केही थोपा रगत जमिनमा झरेकोले त्यही झरेको रगत बाट धर्तीमा विभिन्न तामासिक बोट बिरुवा उम्रेको मध्य मुख्य लसुन र प्याज भएकोले यसले मानिसलाई ध्यान साधना गर्ने बाट बिमुख बनाएर शारीरिक उन्मत्त यौनिक उत्तेजना अहंकार घमण्ड तर्फ लैजाने भएकोले भिक्षुहरुलाई टाढै रहन निर्देश गर्दै सात्विक भोजनमा प्रेरित गर्नु भएको छ तर आवश्यक पर्दा औसधिको रूपमा लसुन खान भगवान बुद्धले सारिपुत्तलाई अनुमति पनि दिएको छ, यसरी सैद्धान्तिक र व्यबहारिक दुबैको समन्वय गरेको देखिन्छ।



अन्तमा : जसरी लसुन र प्याजको कोसा कोसा एकापसमा मिलेर एक ढिक्का भए जसरी हामी सबै सनातनीहरु पनि अब एक ढिक्का भएर बिदेशी बिधर्मीको दलालहरु विरुद्धमा एक ठाउँमा उभिएर आफ्नो अस्तित्व जोगाउन ढिलाइ भैसकेको छैन र ? 



जय सनातन 


हामी ॐकार परिवार।।

श्रोत: मोहन लामा गुरुको फेसबुकबाट लिइएको