भारतवर्षको स्वाभिमानका प्रतिक पृथ्वीनारायण शाह
विचार

भारतवर्षको स्वाभिमानका प्रतिक पृथ्वीनारायण शाह


कहिल्यै सुर्य नअस्ताउने मुलुकका रुपमा परिचित बेलायतले विश्वको आधा हिस्सालाई आफ्नो उपनिवेश बनाउन सफल भएको थियो। वैदिक भूमिको रुपमा परिचित भारतवर्ष पनि अंग्रेजको उपनिवेशबाट अछुतो रहन सकेन।  बर्तमानको अफगानिस्तान देखि म्यानमार सम्मका सयौं राज्यहरूले आफ्नो राज्यको अस्मिता अधर्मी अङ्ग्रेजहरुबाट जोगाउन सकेनन। यस अर्थमा पृथ्वीनारायण शाह नेपाल मात्रको राष्ट्रनिर्माता नभएर भारतवर्ष (द एसिया) कै  एक स्वाभिमानी शासक हुन जसले आफ्नो राज्यको स्वतन्त्र अस्तित्व कायम गराउन सफल भए।  नेपालका पृथ्वीनारायण शाह समग्र द एसियाली मुलुकको लागि स्वाभिमान र गौरवको प्रतिकका रुपमा स्थापित भए।  जसको एकिकरण अभियानले सिंगो भारतवर्षको एक अविछिन्न उत्तराधिकारीको रुपमा एक स्वतन्त्र राज्यको निर्माण भयो।  


त्यसैले भारतवर्षको अविछिन्न उत्तराधिकारीको रुपमा स्थापित नेपाल राष्ट्रको राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई सिंगो द एसियाली राष्ट्रहरुले आफ्नो स्वाभिमानको प्रतीकका रुपमा लिनुपर्दछ।  तर नेपाल भित्रैबाट उनको अवमुल्यन भएपछी हाम्रा छिमेकीहरूले उनको महत्व बुझ्ने र प्रबर्धन गर्ने कुरै भएन।  यद्यपी पछिल्लो समय भारतीयहरूले पृथ्वीनारायण शाहलाई बुझ्ने प्रयास गरेको आभास हुन्छ। हालै दिल्लीमा पुर्ण कद सहितको शालिक समेत निर्माण गरिएको छ।  हामीले हाम्रो गौरवको गाथालाई गलत भाष्य गर्दै अवमुल्यन गरेपछि विदेशीले उचित मुल्यांकन गरिदिने सम्भावनै भएन।  


आज हामी स्वतन्त्रताको सेनानी भनेर अब्राहम लिंकन, नेल्सन मण्डेला आदिको बारेमा पढिरहेका छौं तर त्यो भन्दा कयौं गुणा महत्वको राष्ट्रिय स्वाभिमान र अस्मिता जोगाउने अभियानका अभियान्ता तथा राष्ट्रनिर्मातालाई चाहि अपमान गरिरहेका छौं। विश्वको एक मात्र शासक जसले कहिल्यै सुर्य नअस्ताउने अंग्रेजलाई हाक दिएर आफ्नो मुलुकको स्वतन्त्र अस्तित्व जोगाउन सफल भए, यो कुनै सानो कुरा अवश्य थिएन। नेपालमाथी प्रत्यक्ष उपनिवेश कायम गर्न असफल भएका तिनै अंग्रेजका नवउत्तराधिकारीका रुपमा उभिएका हाम्रा वर्तमानका शासकहरुले पृथ्वीनारायण शाहहलाई  देखि सहदैनन।  


पृथ्वी नारायण शाहको नेपाल एकिकरणलाई गोर्खा राज्यको विस्तार मात्र थियो, तत्कालिन समयमा पृथ्वीनारायणलाई नेपाल एकीकरण गर्ने चेत नै थिएन,  त्यो अभियान केवल भौतिक (भौगोलिक) एकीकरण मात्र थियो र नेपाल एकीकरण अभियान नै अपराध थियो जस्ता गलत व्याख्या गर्ने कम्युनिष्ट, कांग्रेस, अधिकार वादी, यान्ता र कर्मीहरूको यो देशमा कमि छैन । यो २०० वर्ष अगाडी नेपालसँग पराजित अंग्रेजको चित्कार बाहेक केहि होइन भनेर सहजै बुझ्न बुझ्न सकिन्छ। 


केहि वाध्यता र केहि अप्ठ्यारा परिस्थितिका बाबजुत नेपाल एकिकरण अभियान पुर्ण हुन सकेन। हामीले एक हदसम्म घुडा टेकेकै हो, पुर्ण विजयी अवश्य भएका होइनौं तर उपनिवेशिक राज्य हुनबाट जोगिएका अवश्य हौँ। क्षेत्रफलका हिसाबले नेपाल एकीकरण अभियान एक चौथाई मात्र सम्पन्न हुन सक्यो । हाम्रो प्राचिन हिमवत्खण्डको रुपमा काश्मिर देखि आसाम र कैलाश देखि गंगासम्म एकीकरण  भएको भए त्यो पुर्ण एकीकरण हुने थियो।  महाराज पृथ्वीनारायणले शुरुवात गर्नुभयो, उनका उत्तराधिकारीले अभियानको नेतृत्व गरे साथै जनताले साथ दिएर अभियान केहि अगाडी बढ्यो तर अंग्रेजको बाधा अडचनका बावजुत अभियानको क्रम रोकियो । हामीले हिम्मत गर्न सक्नु पर्थ्यो, सिंगो हिमवत्खण्ड पुन: एकीकरण गर्ने वा नसके सुगौली सन्धिमा गुमेको भूभाग कुटनैतिक प्रयासद्वारा फिर्ता गर्ने तर यहाँ भएको अहिलेको नेपाललाई नै अनेकौं स्वतन्त्र अस्तित्व मासेको भनेर अनर्गल प्रचार गरिदै छ। 



विभिन्न कालखण्डमा यो भूखण्ड टुक्रदै जोडिदै कहिले विशाल राज्य कहिले ससाना राज्यको रुपमा निरन्तर हुने क्रम निरन्तर चलिरह्यो। आज ज-जसले पृथ्वीनारायणले आफ्नो राज्यलाई जवर्जस्ती गोरखा राज्य वा नेपालमा समाहित गरे भनेर अववाह फैलाईरहेका छन्, तिनको भनिएको राज्यहरू अधिकांसको इतिहास २ सय वर्ष पनि छैन।  यस्ता अनर्गल पर्चारहरू सग्लो नेपाल देख्न नचाहने अंग्रेज म्लेच्छका अब्राहमिक  योजना अनुसार यस भुमि माथि लुट मच्याउन र यस भूमिमा आफ्नो स्थान सुरक्षित गर्न  अस्थिरताको खेति गर्न खोजिएको हो भन्नेमा दुईमत छैन। पृथ्वीनारायण र संग्लो नेपाल बिरुद्धको गतिबिधि फुटाउ र राज गरको नीति अनुरुप नै  कृतिम मुद्धा घुसायर नेपालको राष्ट्रियता कमजोर गराउन गरिएको हत्कण्डाको एक अध्याय हो। 



तत्कालिन समयमा यस वैदिक भूमिको धार्मिक सांस्कृतिक पहिचान मेटन लागिपरेका फिरिंगी (ईसाई) मिसनरीहरु जसलाई पृथ्वीनारायणले देश निकाला गरे उनीहरुकै चित्कार यतिबेला कम्युनिष्ट र कांग्रेसहरुको मुखबाट अभिव्यक्ति हुदैछ। पृथ्वीनारायणलाई शत्रु ठान्नेहरू अंग्रेज ईसाई मिसनरीका खेतालाहरु हुन्। अधिकारको नाममा अस्थिरता र पृथकतावादलाई मलजल गर्न खोज्नेहरु पृथ्वीनारायणको आरिस गर्दछन। नेपालको स्वतन्त्र स्वाभिमानी अस्तित्व माथि प्रश्न गर्दछन। तर म्लेच्छ फिरिंगीका अब्राहमिक दूतहरूले जति सुकै पृथ्वी जयन्ति र नेपाल एकिकरण दिवस वा अभियानलाई अवमुल्यन र उपेक्षा गरेपनि देशभक्त नेपाली जनताले कदापि गर्ने छैनन्।  पृथ्वी जयन्तीका दिन राष्ट्रिय दिवसको रुपमा हटाएर सार्वजनिक विदा रोकेपछी नेपाली जनताले घर घरमा यस दिनलाई उत्सवका रुपमा मनाउन थालेका छन्।  पछिल्लो समय नेपाली जनताले यस दिनको महत्व धेरै बुझेका छन्।  


गान्धी, माओ र मार्क्स आदिको तस्विरमा माल्यार्पण गर्ने तथा तिनको जन्मदिन मनाउनेहरूले पृथ्वीनारायणलाई सम्मान गर्न नसक्नु स्वाभाविक हो । तिनीहरूलाई अवगत होस, पछिल्लो समय महात्मा गान्धीलाई भारतमा बिखण्डनको कारक मानिन्छ।  त्यस्तै चीनका माओले नेपाललाई तिब्बतको पांच औले नीति अन्तर्गत नेपाललाई परिभाषित गर्दै नेपालको स्वतन्त्र अस्तित्व माथि प्रश्न गरेका थिए।  त्यसैले गान्धी र माओको जयन्ति मनाउनेहरु विखण्डनवादी र स्वन्तन्त्र नेपालको अस्तिव हेर्न नचाहने देशद्रोही गद्दारहरू बाहेक केहि होइनन।