घ्यूकुमारीको आयुर्वेदिक उपचारहरु
आयुर्वेद

घ्यूकुमारीको आयुर्वेदिक उपचारहरु


नेपाली–घ्यूकुमारी । हिन्दी-बारपाठा । संस्कृत'-कुमारी।

१. आँखाको रोगमा - घ्यूकुमारीको गुदी हलेदो मिलाई बनाएर आँखामा बाँध्नाले आँखा दुखेको आराम हुन्छ ।


२. अथवा - ५ माना घ्यूकुमारीको गुदी र ३ रली अफीम मिलाएर सानो पोको बनाउनु र पानी डुवाई आँखा पुछ्नाले र त्यसको २२ थोपा रस आँखामा हाल्नाले पनि आँखा दुखेको आराम हुन्छ ।


३. अथवा -  घ्यूकुमारीको गुदी र हलेदोको चूर्ण मिलाएर तताई पैतालामा बाँध्नाले आँखा दुखकोमा आराम हुन् ।


४. कानको रोगमा - घ्यूकुमारीको रस तातो पारेर दाहिने कान दुखेको भए देब्रे कानमा र देब्रे कान दुखेको भए, दाहिने कानमा हाल्नाले कानको पीडा नष्ट हुन्छ।


५. मस्तिष्कको रोगमा - १ तोला घ्यूकुमारीको रस खाने गर्नाले र कपालमा यसको रस हाल्नाले मस्तिष्कका रोग नष्ट हुन्छन् , मगजको गर्मी शान्त हुन्छ । मस्तिष्क-विभ्रम आदि रोग पनि नष्ट हुन्छन् ।


६. जरोमा - १ तोला घ्यूकुमारीको जरा तातो पानीसँग पिउनाले वमन भएर धेरै दिनको पुरानो जरो नष्ट हुन्छ ।


७. अथवा - १ तोला घ्यूकुमारीको रस पिउनाले जरोबाट भएको कब्जियत, जिभ्राको सफेदी र दाह पनि नष्ट हुन्छ।


८. फियो बढेमा - १ तोला घ्यूकुमारीको गुदीमा २।३ रत्ति शुद्ध स्वागको धूलो हाली खाने गर्नाले फियो बढ़ेकोमा आराम गर्छ


९. कमल-पित्तमा - १|२ तोला घ्यूकुमारीको गुदी सेवन गर्ने गर्यो भने कमल-पित्तको आँखाको र शरीरको पनि पहेंलोपन नष्ट भएर रगत चढेर आउँछ । यसले शरीरको गर्मी नष्ट गरी पित्त सम्बन्धि  विस्फोटक र चर्म-रोग आदि नष्ट गर्छ । यो औषध लगाउनु पनि पर्छ।


१०. फोडामा - घ्यूकुमारीको गुदी पकाएर बाँधे फोड़ा चाडै पाक्दछ।


११. वायु-गोला - घ्यूकुमारीको गुदी ६ मासा, गाईको ध्यू ६ मासा, हरौको धूलो १ मासा र सिधेनुन १ मासा मिलाएर खाए वायु-गोला  नष्ट हुन्छ।


१२. पेटको रोगमा - ५ तोला ज्वानोमा घ्यूकुमारीको गुदीको सातपल्ट भावना दिनु, सुकेपछि कागतीको रसको फेरि ७ पटक भावना दिनु र सुकाएर राख्ने । २ मासादेखि ६ मासाको मात्रा तातो पानीसंग खानाले अजीर्ण, पेट फुल्ने, मन्दाग्नि र अरु किसिमका पेटका रोग पनि नष्ट हुन्छन् ।


१३. मासिक-धर्मको रोगमा - २ तोला घ्यूकुमारीको गुदीमा ३ लाल पलाशको क्षार छरेर खानाले मासिक-धर्म शुद्ध हुन्छ ।


१४. वायुको व्यथामा - घ्यूकुमारीको रस, हलेदो र सिधेनुन मिलाएर खानाले कब्ज, मन्दाग्नि, मन्दाग्निको कारणले भएको खोकी, मासिक धर्मको रुकावट, पाण्डु रोग र गुल्म (गोला) आदि नष्ट हुन्छन् । पाचन-क्रिया  सुध्रन्छ, दिशा खलाम हुन्छ, नयाँ र शुद्ध रगत उत्पन्न हुन्छ र शक्ति   पनि  बढ्छ।


१५. मधुमेहमा - १ तोला घ्यूकुमारीको गुदी १ मासा गुर्जो संग खानाले मधुमेह नष्ट हुन्छ।  


1६. शूलमा - ६ मासा घ्यूकुमारीको जराको धूलो खानाले शूल नष्ट  हुन्छ।  


१७. योजीवन स्थिर गर्नामा - प्रतिदिन ३|४ तोला घ्यूकुमारीको गुदी खाने गर्नाले  त्यसलाई कुनै रोगले पनि छुदैन, दाँत बलिया हुन्छन् , स्वर कोइलीको जस्तो हुन्छ, कपाल कालो रहन्छ, मुखमा चाउरी पर्दैन र शरीरमा तागत खूब बनिरहन्छ।


१८. विषमा -
घ्यूकुमारीको रसको सेवनले तमाम विपहरू नष्ट पार्दछन । लगाउनू पनि पर्दछ ।

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।