श्रीमातृशक्ति
अध्यात्म

श्रीमातृशक्ति


श्रीमातृशक्ति.........
------------
 भक्तिमति वेदस्वरुपीणि पराविद्या जगतकि अधिस्ठातृ भवानी उमा प्रति सहस्रकोटी नमन ।

अपौरुषेय वेदले वैदिक शिक्षाको सुरुवात मैं उद्घोष गरेको छ कि ' न मातु: परम दैवतम ' आमा समान अर्को कुनै " देव " छैन ।
मातृदेवो भव - आमा लाई देवता जत्तिकै मान ।
नास्ति मातृसमो गुरु - आमा समान अर्को कुनै गुरु छैनन ।

साक्षात " महेश्वर " को स्तुति गर्दा समेत सर्वप्रथम " त्वमेव माता " भनेर सम्वोदन गरिएको छ भने पछि " आमा " को महिमा गाएर कहिल्यै सकिदैन ।

वास्तवमा परमात्मा मा जुन उत्पादिनिशक्ति, पालिनिशक्ति र संहारिणिनिशक्ति छ, त्यो ति नै भगवती सम्स्त मातृशक्ति स्वरुप उमा नै हुन ।
परमात्मा मा भएको विशिष्ट परब्रह्मत्व नै अनन्तकोटि ब्रह्माण्ड उत्पादिनि जगत कि सम्पुर्ण मातृशक्ति हुन ।

नारीलाइ दुषित वनाउन खोज्ने रावण र दुर्योधनादी कौरवहरुलाइ भगवानले गाजर-मुलादि काटे जस्तै गरि जरै देखि संहार गर्नुभयो ।

जब सम्म मातृशक्ति को शिल र स्वास्थ्य को संरक्षण हुदैन तव सम्म संसारमा शान्ति कायम हुन सक्दैन ।
सम्स्त जगतमा पुर्णशान्ति र पुर्णविकाश को आधार नै मातृशक्ति हो ।

" यथा शिवस्तथा दुर्गा या दुर्गा विष्णुरेव स: ।
अत्र य: कुरुते भेदं स नरो मूढ दुर्मति: ।।- दुर्बुद्धिवाला मुर्ख मनुस्य नै शिव, दुर्गा र विष्णुमा भेदभाव राख्छ ।
जस्तो शिव त्यस्तै दुर्गा, जस्तो दुर्गा त्यस्तै विष्णु हुनुहुन्छ ।"

अव अर्को महत्वपूर्ण कुरो यदि तपाइ ईश्वर को स्तुति गर्दै हुनुहुन्छ र झुक्किएर पनि कृष्णराधा, रामसीता, शंकरगौरी भनेर भन्नुभयो भने तपाइ मातृद्रोहि हो यो शास्त्रीय कुरो हो " सीताराम " " राधाकृष्ण " " गौरीशंकर " पार्बतीहर " उमानाथ " नै भन्नु पर्छ अन्याथा मातृद्रोहि र प्रकृति द्रोहि को कलंक लाग्छ ।

 अव विचार गर्नुस के हो " आमा ? "ब्रह्मा, बिष्णु र महेश्वर समेत साथमा आ-आफ्नो शक्ति महासरस्वती, महालक्ष्मी र महाकाली को आश्रयमा रहेर आ-आफ्ना कार्य सम्पादन गर्छन ।

श्रीव्यास जी भन्नुहुन्छ शिव समान कोहि पूजनीय छैन, माता समान कोहि गुरु छैनन ।
भार्या समान कोहि मित्र छैन र बहिनी समान मान्य कोहि स्त्री छैन ।

दुर्गा....
" भुतानि दुर्गा भुवनानि दुर्गा-
स्त्रियो नरश्चापि पशुश्च दुर्गा ।।
यद् यद् हि दृश्यं खलु सैव दुर्गा
दुर्गास्वरुपादपरं न किचिंत ।।

सम्पुर्ण प्राणीहरुमा दुर्गा छिन, यि नै शक्तिमान र शक्ति हुन, नर-नारी यि नै हुन, स्त्री र पुरुष पनि यि नै हुन, पशुहरुमा पनि यि नै छिन, समस्त लोकमा दुर्गा नै व्याप्त छिन, समग्र जे जति दृश्य पदार्थ-वस्तु छन् ति सबै दुर्गा कै रुप हुन, धाता र पितामह पनि दुर्गा हुन, यसप्रकार पराशक्ति दुर्गाको स्वरुप भन्दा पृथक कही कतै केहि छदैछैन......। "

ब्रह्मा,विष्णु र महेश्वर ले जुन-जुन कार्य गर्दछन् ति सबै यि नै  देवी शक्तिरुपा पराशक्ति बाटै सम्पादन हुन्छन ।

देव्युपनिषद् मा देवी ले आँफु स्वयं परब्रह्मस्वरुपिणी हु भनि घोषणा गर्दछिन.........
" अहं ब्रह्मस्वरुपिणी । मत्त: प्रकृतिपुरुषात्मकम् ।
.........म नै ब्रह्म हु ।
 म नै प्रकृतिपुरुषात्मक जगत हु ।
म नै नित्यानन्द स्वरुपिणी हु । "

" अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च......... हे लक्ष्मण ! सुनैसुनले भरिएको, सुनैसुन को छाना भएको सुवर्णनगरी लंकामा कत्ति पनि मेरो आशक्ति छैन, यो त विरानो मुलुक हो, परदेश हो, स्वर्ग भन्दा पनि प्यारो त मेरो जन्मभूमि, मेरो अयोध्या हो ।

मातृशक्ति को गुण-गान गर्न नै सकिन्न, कति छ कति ।

यसकारण ले पनि गर्भधारण र लालनपालन आदिका कारणले पनि अझ बढि विशेषरुपले आमाको योगदान र महिमा पिताको भन्दा उल्लेखनीय छ ।
यति मात्र होइन वैदिक धर्मले प्रत्यक प्रात:कालमा पंचकन्याको स्मरणले पापबाट मुक्त हुने ठोकुवा गर्छ ।
अव सोच्नुहोस के हो नारी, के नारी अधिकार भनेको पुरुष लाई गालि गर्नु हो ।
वेदले नै ठोकुवा गर्छ बिना नारी शक्ति त जो कोहिले पनि केहि गर्ने प्रयत्न सम्म गर्न सक्दैन ।
ब्रह्मवैवर्तपुराणमा साक्षात भगवान श्रीकृष्ण भन्नुहुन्छ, " हे देवी वस्तुत: हजुर परब्रह्मस्वरुपा, सत्या, नित्या र सनातनी हुनुहुन्छ " ।

अब फेरी सोच्नुहोस के हो स्रीतत्त्व ? वेद, उपनिषद्, पुराण आदि शास्त्रहरुमा महान अतुलनीय नारी तत्त्वको महिमाले ओतप्रोत छ, मात्र जुलूस र बिरोधले अधिकार पाउने पक्कै होइन होला, यसका लागि समग्र नारीतत्त्वको नै अनुसन्धान हुनुपर्छ ।

आदि गुरु शंकराचार्य पनि भन्नुहुन्छ ' आत्मा त्वं गिरिजा मति: ' हे शंकर तपाइ मेरो आत्मा हुनुहु्न्छ भने भवानी पार्वती मेरो बुद्धि हुनुहुन्छ - ल हेर्नुहोस स्री तत्त्व त साक्षात बुद्धि हो मनुष्य लगायत प्रत्येक प्राणि हरुको ।

आदि गुरु शंकर फेरि भन्नुहुन्छ- " कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति " - छोरा वा छोरी कुसन्तान हुन सक्छन तर आमा कहिल्यै कुआमा हुँदै-हुन्नन् ।
आमाको दुध नै साक्षात अमृत हो, आमाको आशीर्वाद त दिव्य वरदान हो ।

कति छ कति आमाको महिमा गाएर कहिल्यै सकिन्न - सोह्रैकलाले युक्त साक्षात भगवान को अवतार श्रीकृष्ण जस्ता छोरो जन्माउने ति आमा कति महान, ति आमाको स्तुति कसरी गर्ने, हेर्नुस साक्षात नारायणरुप मर्यादा पुरुषोत्तम राम लाई जन्माउने महारानि कौशल्या को महत्त्व, श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाह की आमा, गौतमबुद्ध की आमा, भिमसेन थापा की आमा, फेरी हेर्नुस " अंजनी पुत्र पवनसुत नामा " - साक्षात रुद्र अंजनीदेवी को कोख बाट अवतरित भयो ।

धन्य हुन ति आमा आदिकवि भानुभक्त, मोतिराम भट्ट का ।
लक्ष्मी प्रसाद देवकोटा की आमा ।
कवि कुलगुरु कालिदास, भक्त प्रह्लाद र ध्रुव की ति आमा धन्य हुन ।

यि सबै बर्णनातीत हुन, बर्णन गर्न नै सकिन्न ।
त्यसैले नारी विना केही कल्पनै गर्न सकिन्न बोट-विरुवा, प्राणीहरु सबैको ।
अनि जगतस्वरुपीणि आमा बाटै जगदीश्वर साक्षात परमेश्वर शिव संग एकाकार हुन सकिन्छ अन्य कुनै उपाय छदैछैन ।

नारी केवल नारी मात्र होइन प्रत्यक्ष शक्ति हो ।
भवानीशंकरको जय होश ।
हर हर महादेव ।

 श्री गोरखा दर्शन ।