श्री गणेशाय नम:
वास्तविक पतिव्रता स्त्रिको शरिरमा स्पर्श गर्न स्वयम भगवान सुर्य समेत डराउछन । सुर्यका रश्मी (किरण) त्यस्ता पतिव्रता स्त्रीको दर्शन गर्ने हेतुले मात्र छुदछन । भनिन्छ सुर्य भगवानको शक्ती, पतिव्रता स्त्रिको अगाडि झुक्दछ ।
पुराण आदी शास्त्रका अनुसार कतिपय अवस्थामा भयङकर ठुला राक्षसहरुको जीवन बुटी समान उनिहरुका पतिव्रता स्त्री (पत्नी) हरु भएकै कारण उनिहरुको बध गर्न देवता गणलाई गार्हो पर्ने कुरा वर्णन गरिएको पाईन्छ । श्री स्वस्थानी व्रत कथामा मै वर्णित कुरालाई आधार मान्ने हो भने एक प्रसँग अत्यन्त रोचक छ । त्यहा भनिएको छ कि जालन्धरलाई मार्न नसके पछी भगवान बिष्णुले उनको पत्निको पतिव्रता धर्म नस्ट गर्नु परेको थीयो । जुन पुरुषका साथमा त्यस्ता देवी समान स्त्रिहरु छन उनिहरुलाई कदापी दु:ख वा संकटपूर्ण अवस्था झेल्नु पर्दैन भन्ने शास्त्रहरुको वचन रहेको छ ।
पतिव्रता स्त्रीहरुमा आफ्नो बितिसकेको पतीलाई स्वर्ग नै गैकन फर्काउन सक्ने सामर्थ्य समेत हुन्छ भनेर शास्त्र हरुमा वर्णन गरेको पाईन्छ । पुर्विय दर्शन शास्त्रहरुका अनुसार केवल पतिव्रता स्त्री हरुबाट मात्र विश्वविजयी महापुरुश (चक्रवर्ती महाराज) हरुको जन्म हुन्छ । केवल पतिव्रता स्त्रिहरुका कोख मात्र ति महान सन्तति जन्माउन योग्य हुन्छन । महान विश्वविजयी महाराज, धर्मज्ञ साधु सन्त र विद्वान विदुशीहरुका जन्म त्यस्तै धर्मज्ञ माताका कोखहरुका पारीणाम हुन । धन्य हुन ति मार्यादा पुरुशोत्तम भगवान राम जन्माउने कौश्यलाका कोख र सच्चिदानन्द सर्वेस्वर श्री कृष्ण जन्माउने कोख । त्यस्तै धन्य हुन ति महान वाल्मिकी, कश्यप, गार्गी, कपिल र जनक आदी तत्व दर्शी सन्तहरु जन्माउने कोखहरु । र त्यस्तै महान छन ति पृथ्वी नारायण, भानुभक्त, अमरसिङ र बलभद्र आदी जन्माउने कोखहरु ।
देश, समाज र विश्वलाई नै आनन्ददायी बनाउने, युगयुगान्तर सम्म यश किर्ती रहीरहने महापुरुसका माताहरु जसलाई जती पटक नमन गरे तापनी पूर्ण हुँदैन । ति महान माताहरुकै कारण यो धर्ती पुलकित छ, प्रसन्न छ र भाग्यमानी छ किनकी समय समय समयमा हामीले बिभिन्न रुपधारी भगवान साधु सन्त लगायत महापुरुषहरुको दर्शन गर्न पाइरहेका छौ । यो विश्व कस्तो हुने, कस्तो बनाउने, कस्ता प्रतिभा जन्माउने भन्ने कुरा केवल स्त्रिको हातमा हुन्छ ।
यो सब हुनुमा स्त्रिको आचरण, उनको पतिव्रता धर्म र योग तपमा भर पर्छ । त्यसैले यो सारा विश्वलाई नै धर्तिमाता भनिएको हो । देशलाई माता भनिएको हो । प्राकृतिक अवयवहरु जसद्वारा यो संसार पालन पोषण र संचालन हुन्छ उनैलाई गौरी, पार्वती, महेस्वरी र उमा आदी नामले पुकारीन्छ । उनैको वास्तविक परिचय प्रकृति वा माता हो । यो जगतको सृष्टि कालमा जव परमात्मा परमेश्वर ब्रम्हालाई रचना गर्ने ईच्छा जाग्यो तव देवीको शक्ती आवशयकता पर्यो । देवीको शक्ती बिना ब्रम्हाजी सृष्टि गर्न सक्नुहुन्न, बिष्णु जि पालन गर्न सक्नु हुन्न र रुद्र जि देवी दुर्गाको शक्ती बिना संहार गर्न सक्नु हुन्न ।
पुरुष तत्वलाई चेतना र स्त्री तत्व लाई प्रकृति भनिन्छ । प्रकिति र पुरुषको मिलन नै सृष्टि हो, स्थिती हो र संहार हो । यो जगत यसै नियममा आधारित छ । यो भन्दा भिम्न प्रकृतिमा न कुनै प्राणी छ न कुनै भौतिक वस्तु नै । प्राणी जनको मुल पारीभाषा नै प्रकृति र चेतनाको संयोजन हो ।
जय श्री गौरी हर
।। भवानी शंकरको जय ।।