हाम्रो मौलिकता के हो ?
गोरखाका राजा नरभूपाल शाहको सन्तान नभए पछि भुटानबाट बौद्ध लामा बोलाएर गोरखा दरवारमा पुजा अर्चना गरे पछि महाराजधिराज पृथ्वी नारायण सहित ४ भाइको जन्म भयो। लामाको पुजाबाट खुशी भएका राजा नरभूपाल शाहले ति लामालाई जग्गा जमिन सहित रशुवाको केहि गाउ नै बिर्ता दिए। ति लामाले बनाएको गुम्बा अहिले पनि रशुवामा छदै छ । नरभूपाल शाह भन्दा पहिले उनका बाजे राम शाहको पालामा पनि लामाहरुलाई धेरै जग्गा जमिन सहित गुम्बाहरुको बिर्ता दिएका थिए । यो क्रम जंगबहादुर राणा, रणबहादुर शाह, गिर्वाणौयुद्ध बिक्रम शाह, सुरेन्द्र, महेन्द्र र हालसम्म यथावत छ। बौद्द लामाले ढ्याङ्ग्रो ठोकेर पुजा गरेपछि आफ्नो राज्य र दरवारमा शान्ति हुन्छ भनेर राजाहरुले बौद्द लामाहरु बोलाई मुलुकको नाममा पुजा अर्चना गर्थे। जनताको खेतिबलिमा चट्याङ्ग र असिनाले असर नगरोस भनेर तामाङ्ग लगायत तान्त्रिक लामाहरुलाई पुजा गर्ने जिम्मा दीइएको हुन्थे। नेपालका शाशक र जनता केवल हिन्दुका हिन्दु मात्र थिएनन, नेपालका राजा र राणा सबै बुद्द भगवान प्रति ठुलो श्रदा राख्थे, लामाहरुलाई पुजा अर्चना गर्न लगाई गुम्बा र जमिन बिर्ता दिई खुसि बनाउथे। यौटै तिर्थ स्थलमा बाहुन छेत्री वैश्य शुद्र चाहे हिन्दु होस चाहे बुद्द होस् चाहे किराती होस् सबैको साझा हुन्थे। कतै लामा पुजारी कतै बाहुन पुजारी कतै राई लिम्बु पुजारी कतै थारु कतै मगर। वास्तविक नेपाल यहि हो। नेपालको यहि धर्म सनातन धर्म हो । त्यसैले हिन्दु र बुद्द भनेर कित्ता काट नगरेकै जाति हो ।
सदियौ देखि हिन्दु बुद्द एक ठाउमा मिलेर बसेको छ। स्वयम्भुमा बत्ति नबालेसम्म भुटानका राजाको राज्याभिषेक पुरा हुदैन। भुटानका राजपरिवार आफ्नो कुल पुजा गर्न नेपाल नै आउछन। हलेशी धाम प्रति विशेष श्रदा राख्छन भुटानका बौद्धहर जसलाई नेपाली बज्रयान र महायानहरुले अत्यन्त पवित्र तिर्थ स्थल मान्छन। पशुपति नाथ , लुम्बिनी , मुक्तिनाथ सबै हिन्दु बुद्दका साझा तिर्थ हुन्। स्वयम्भूको डाडोमा पनि बुद्द भगवान सहित बिभिन्न देवी देवताको मुर्ति छ, नेवारले हिन्दु परम्परा अनुसार पनि पुजा गर्छन बुद्द परम्परा अनुसार पनि पुजा गर्छन। यहि हाम्रो वास्तविक सनातनी धर्मको मर्म हो।
हिन्दुले बुद्धलाई कहिले पनि अर्को धर्मको भगवान भनेनन र भन्दैनन पनि । यदि भारतीय मिडिया वा त्यहाका बिद्दिजिविले बुद्ध भारतमा जन्मिएको भनेर गलत प्रचार गरे भने सबैभन्दा पहिले सडकमा आएर भारतको बिरोद्द गर्ने छेत्री बाहुन नै हुन्छन। आफ्नो भगवान कसैले दावी गरेको अवश्य पनि स्वीकार्य हुदैन त्यसैले जब जब बुद्दको बारेमा अनर्गल प्रचार बाजी हुन्छ सबै भन्दा पहिले हिन्दुहरु नै जुर्मुराउछन। यसले नेपालका हिन्दु बौद्धको सहृदयता, आत्मियता र संस्कृतिक समबन्धको बारेमा स्पष्ट पार्छ।
जसले हिन्दु र बुद्दको बिसयमा गलत प्रचार बाजी गर्छ ति या त हिन्दुको आवरणका अल्पज्ञ हुन् या कुनै बिदेशी बिचारबाट प्रभावित हुन्। यदि हामीले हिन्दु बुद्ध भनेर भन्नु भन्दा पहिले मस्टो परम्पराको खोजि गर्यौ भने हाम्रो मूल जरो फेला पार्न सक्छौ।
तर पछिल्लो समय बौद्धमाथि अम्बेडकर नामक पन्थको निरन्तर आक्रमण भएर यहाका बौद्धहरु दिग्भ्रमित हुन् पुगेका छन् । हिन्दु र बौद्ध धर्मको गलत प्रचार गर्ने अम्बेडकर धार होस् वा अन्य कुनै गैर रास्ट्रिय संघ संगठन जे जति छन् ति सबै कुनै न कुनै रुपमा च्रिस्तियनहरुसंग साठगाठ भएको हुन्छ भनेर भन्न हामीलाई कुनै गाह्रो छैन।
धर्मान्तरणको चपेटामा हिन्दुहरु परेका छन् हिन्दु भन्दा धेरै बौद्ध पनि परेका छन्। बिगत ४०-५० वर्ष देखि अमेरिकन र बिभिन्न एनजीओ र आइएनजीओले हिन्दु यस्तो, बौद्ध यस्तो भनेर गाउ-गाउ गएर सिकाइरहेको छ। इतिहासको गलत व्याख्या गरेको छ। धर्म र संस्कारको बारेमा गलत कुरा लेख्न लगाएको छ। केहि धुर्त बाहुन र जनजातीलाई आफ्नो खेताला बनाएको छ। यिनीहरुको प्रभावमा सबै परेका छन्। घुमाउरो तरिकाले आफु विधर्मी भएको र साम्प्रदायिकता भडकाउने खेताला बनेको थाहै पाउदैनन। काठमाडौ जस्तो शहरमा पनि सभा र गोष्ठी मार्फत बिस्तारै बिस्तारै गलत कुरा दिमागमा घुसाइरहेको छ। कमुनिस्ट कांग्रेस र मानव अधिकार आदिको खोल ओढेर सनातनी परम्परा बिथोल्ने काम भैरहेको छ। दशैँ नमान्ने, लोसार चाडलाई मेरो र तेरो भनेर झगडा गर्ने, सेतो टिका लगाउने कि रातो लगाउने , जस्ता बहसहरु यसैको परिणाम हो। एक ठाउको तामाङ्गले लोसार यौटा मितिमा मनाउछ भने अर्को तामांगले अर्को मितिमा मनाउछ। कोहि गुरुङ आफुलाई बौद्ध भन्छ तर अर्कोले हिन्दु भन्छ। यो सबै गलत प्रचार र विधर्मीहरुको लगानीको प्रतिफल हो ।
आफ्नो धरातल र गर्विलो इतिहास नभुलौ। शास्त्रको मर्यादा राखौ, सोहि अनुसारको व्याख्या गरौ।
जय सनातन।